mardi 13 décembre 2016

Maison Culturelle du Népal

Bonne fête de UDHAULI 
Le festival Udhauli est célébré par tous les Kirat (Le peuple Kirat ou Kirati sont des groupes ethniques autochtones de l' Himalaya étendant vers l'est du Népal)
Chaque année le jour de « Marga Sukla Purnima » (vers mi-décembre) débute la saison d'hiver. Ainsi les gens, les oiseaux et les animaux migrent des régions froides vers les régions plus chaudes. Ce genre de migration se produit deux fois par an. La célébration de la migration vers le bas au cours de cette saison est appelée « Udhauli ». Lors de cette célébration tout le monde fait la fête notamment en dansant ensemble une danse appelée « Sakela ». 


उधौली पर्वको हार्दिक शुभ-कामना 
उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। 
उधौली पर्व नयाँ पितृदेव र भूमिदेवीलाई अन्नबाली चढाएर साकेला नृत्य गर्दै मनाउने प्रचलन रही आएको छ,यस अवसरमा आज किराँत राई, लिम्बु, याक्खा, सुनुवार समुदायमा सामुहिक रुपमा पूजा आजा गरी ढोल झ्याम्टा डम्फु बजाउँदै साकेला सिली नाच्ने, शुभकामना आदानप्रदान गर्ने र मिठो खानेकुरा खाएर रमाईलो गर्ने चलन छ ।